आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपाललाई तेस्रो सफलता, हेमन्त धामीले लिए लगातार दुई विकेट

नेपाललाई तेस्रो सफलता, हेमन्त धामीले लिए लगातार दुई विकेट

  • आइतवार, मंसिर २४, २०८०
नेपाललाई तेस्रो सफलता, हेमन्त धामीले लिए लगातार दुई विकेट

काठमाडौं —एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानको तीन विकेट लिएको छ। आइतबार बिहान दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा भएको खेलमा नेपालका हेमन्त धामीले अफगानिस्तानको लगातार दुई विकेट पतन गराएका हुन्।

६.३ ओभरमा धामीले अफगानिस्तानका अकरम मुहम्मदलाई बोल्ड आउट गराए। त्यसअगाडि ६.२ ओभरमा धामीको बलमा गुल्सन झाले खालिद तानिवाललाई आउट गराएका थिए।

यसैगरी गुल्सन झाले अफगानिस्तानका वफीउल्लाह तराखिललाई आउट गराएका थिए। तीव्र गतिका बलर झाको बलमा उनलाई देव खनालले क्याच आउट गराए।

नेपालले टस जितेर अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ।अहिले अफगानिस्तान ६.४ ओभरमा तीन विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ।

सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ। नेपालले तेस्रो खेल मंगलबार भारतसँग खेल्नेछ।

चर्चामा

सम्बन्धित समाचार