शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिब किसानलाई देशको चिन्ता

गरिब किसानलाई देशको चिन्ता

  • शुक्रबार, मंसिर २२, २०८०
गरिब किसानलाई देशको चिन्ता

आज राजनीतिक आन्दोलनको त्यही माहिर हुन्छ,
नीति सिधान्त छाडेर नेताको सेवामा हाजिर हुन्छ।

त्यो मान्छेको मनै त हो पगालौँ र मनभित्र राजगरौँ,
चम्चागिरीको होइन सिधान्तभित्र मात्र लकिर हुन्छ।

पार्टीकै लागि भनेर त देशको बनाउँछन् टुक्रा कुक्रा,
त्यो देशभक्त हो देश जान्छ कि भन्ने सधै पिर हुन्छ।

शोशकले श्रमजिविलाई चुसेर ऐयासी गर्छ सधैभरी,
गरिब भन्छ त्यो निर्दोस छ ठग्ने त मेरै तक्दिर हुन्छ।

गरिब किसानलाई देशको चिन्ता र जनताको चिन्ता,
धन्मानको लागि यो देशनै उनिहरूको जागिर हुन्छ।

खुकुरी प्रहार गर्छ निर्दोश मार्छ सजाए हुन्छ माफी,
स्वागतमा फूलका माला र निदार भरी अबिर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार