बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुलका भुकम्पबाट पिडीत ३१ परिवारलाइ राहत वितरण

गौमुलका भुकम्पबाट पिडीत ३१ परिवारलाइ राहत वितरण

  • मङ्लबार, मंसिर १९, २०८०
गौमुलका भुकम्पबाट पिडीत ३१ परिवारलाइ राहत वितरण

बाजुरा– गौमुल गाउँपालिकामा बडिमालिका फाउण्डेशन मार्फत ३१ परिवार भुकम्प पिडीतलाई राहत वितरण गरिएको छ । बडिमालिका फाउण्डेशनको सहकार्य तथा नेपाल राईजिङको सहयोगमा गौमुल गाउँपालिकाका भुकम्प पिडीतहरुलाई राहत बितरण गरिएको हो ।
गौमुल गाउँपालिकाका ३१ परिवारलाई राहत साम्रगीमा एक कट्टा चामल, दाल, तेल, नुन लुगा धुने साबुन, नुहाउने साबुन प्रती परिवार एक बल्याङकेट लगायतका साम्रगी बितरण गरिएको फाउण्डेशनका अध्यक्ष प्रकाश बहादुर सिहंले बताए । बाजुरामा भुकम्पडिति निकै बिचच्लीमा परेका छन् । थोरै भएपनि पिडा भएको बेला सहयोग पाउदा स्थानियलाइ निकै सहज भएको छ । जाडोको समयमा बल्याङकेट समेत पाउँदा स्थानिय खुशी भएको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताइन ।
बडिमालिका फाउण्डेसन नेपालका अध्यक्ष प्रकाश बहादुर सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापा प्रमुख अतिथि रहेकी थिइन ।
राहत बितरण कार्यक्रमको संचालन फाउण्डेशनका उपाअध्यक्ष पदम बहादुर सिहले गरेको कार्यक्रममा गौमुल गाउँपालिकाका प्रबक्ता देब बहादुर रोकाया, गौमुल गाउँपालिका १ का वडा अध्यक्ष देबेन्द्र बहादुर रोकाया, प्रमुख प्रशासकिय अधिकृत जगदिश भट्ट, नेपाल पत्रकार महासंघ बाजुराका सचिव रमित विक लगायतको उपस्थिती रहेको थिायो ।
पटक पटक आइरहने भुकम्पको पराकम्पनले बाजुराका ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पले बाजुरामा बढी क्षति पुगाएको थियो । भुकम्पले बाजुरामा १३ सय ८३ घर पुणर् रुपमा क्षति भएका छन् । त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७ सय १८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा उल्लेख गरिएको छ ।
पुणर् रुपमा सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा ९ सय ८९ घर भएको प्रशासनले वताएको छ । त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढिगंगामा १ सय २६ र बुढिनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा क्षति भएको छ । गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुणर् क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार