सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाचार
  • निर्वाचन आयोगका प्रमुख आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्प पीडितलाई दिने

निर्वाचन आयोगका प्रमुख आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्प पीडितलाई दिने

  • बुधबार, मंसिर १३, २०८०
निर्वाचन आयोगका प्रमुख आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्प पीडितलाई दिने

काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्पपीडितलाई ७ दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक दिन लागिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका हुन् ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सात दिनको पारिश्रमिक तथा आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीमध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

चर्चामा

सम्बन्धित समाचार