• होमपेज
  • प्रदेश ७
  • कमलबजार नगरपालिकामा फेरी तालाबन्दी, मेयर–उपमेयरबिच बढ्दो विवाद

कमलबजार नगरपालिकामा फेरी तालाबन्दी, मेयर–उपमेयरबिच बढ्दो विवाद

  • बुधबार, मंसिर १३, २०८०
कमलबजार नगरपालिकामा फेरी तालाबन्दी, मेयर–उपमेयरबिच बढ्दो विवाद

अछाम —करारका कर्मचारीको विषयलाई लिएर सुरु भएको विवादले कमलबजार नगरपालिकामा फेरि तालाबन्दी भएको छ।

नेपाली कांग्रेसबाट निर्वाचित मेयर यज्ञप्रसाद ढकालले करारका कर्मचारीलाई हटाउन नहुने र नेकपा एमालेबाट निर्वाचित उपमेयर शारदा विष्ट कुँवरले जसरी भएपनि हटाउनु पर्ने विषयलाई लिएर विवाद कायमै छ। कार्यपालिकामा अल्पमतमा रहेका मेयर र बहुमतमा रहेकी उपमेयरबिचको विवादले नगरले अहिलेसम्म बजेट ल्याउन सकेको छैन भने नगरसभा पनि हुन सकेको छैन।

दुई दलको विवादका कारण जनताले दुःख पाएको भन्दै अन्य राजनीतिक दलले असोजमा नै नगरमा तालाबन्दी गरेका थिए। तत्काल विवाद समाधान गर्ने र बजेट ल्याउनेगरी विवादित पक्षले सहमति गरेपछि ताला खोलिएको थियो। समस्या समाधान गर्ने भनेर निर्णय गर्ने तर कार्यान्वयन नगरेपछि कर्मचारी र शिक्षक महासंघले कमलबजार नगरपालिकामा पुनः तालाबन्दी गरेको छ।

कात्तिक २१ गते बसेको कमलबजार नगरपालिकाको कार्यपालिका बैठकले ८२ जना करारका कर्मचारी हटाउने निर्णय गरेको थियो। उक्त निर्णयको चौतर्फी विरोध र आलोचना भएपछि मेयर ढकालले मंसिर ५ गते प्रेस विज्ञप्ति जारी गर्दै हटाइएका सबै कर्मचारीलाई काममा फर्कन भनेका थिए। तर कार्यपालिकाले भने अहिलेसम्म हटाइएका कर्मचारीलाई पुनः राख्न निर्णय गरेको छैन।

चर्चामा

सम्बन्धित समाचार