शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रदेशका गृहमन्त्रीहरू काठमाडौंमा, प्रहरी समायोजनबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउने

प्रदेशका गृहमन्त्रीहरू काठमाडौंमा, प्रहरी समायोजनबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउने

  • मङ्लबार, मंसिर १२, २०८०
सेयर गर्नुहोस् :
प्रदेशका गृहमन्त्रीहरू काठमाडौंमा, प्रहरी समायोजनबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउने

काठमाडौँ — प्रहरी समायोजनको माग गर्दै प्रदेश सरकारका गृहमन्त्रीहरू काठमाडौंमा जम्मा भएका छन् । संघीय सरकारले संविधानले व्यवस्था गरेका अधिकार प्रत्यायोजन नगरेको विरोधमा उत्रिएका प्रदेश सरकारका गृहमन्त्रीहरूले मंगलबार प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर त्यसबारे ध्यानाकर्षण गराउन लागेका हुन् ।

मधेश प्रदेश सरकारका गृहमन्त्री मोहम्मद समीमले प्रहरी समायोजनका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउन आफूहरू काठमाडौंमा जम्मा भएको बताए । ‘प्रदेश सरकारका गृहमन्त्रीहरू आफैं आउनुभएको छ, गृहमन्त्री नभए सरकारका प्रतिनिधिहरू आउनुभएको छ,’ उनले भने, ‘सातै प्रदेश सरकारको सहभागितामा हामी प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनका विषयमा ज्ञापनपत्र बुझाउँदैछौँ ।’

उनका अनुसार मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल र ३ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी छ ।

मुलुक तीन तहको संघीय संरचनामा वर्गीकरण भएको झण्डै एक दशक पुग्न लाग्दा पनि प्रदेश प्रहरी गठन हुन सकेको छैन । प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारहरुको गुनासो छ ।

प्रदेश प्रहरी नहुँदा शान्ति सुरक्षा मजबुत पार्न नसकिएको जिकिर गर्दै संघीय सरकारविरुद्ध आन्दोलन घोषणा गरेको मधेश सरकारले २ पटक सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ ।

यसअघि २३ कात्तिकमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै एक महिनाभित्र संविधानबमोजिम अधिकार प्रत्यायोजन नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार