• होमपेज
  • प्रदेश ७
  • मौसम बदली भएसँगै बाजुरामा चिसो बढ्यो

मौसम बदली भएसँगै बाजुरामा चिसो बढ्यो

  • मङ्लबार, मंसिर १२, २०८०
मौसम बदली भएसँगै बाजुरामा चिसो बढ्यो

बाजुरा— आइतवारदेखि मौसममा बदली भएपछि बाजुरा जिल्लामा चिसो बढ्न थालेको छ। पछिल्लाे केहि दिनदेखि आकाशमा बादल घेरिएर घाम नलागेकाेले सदरमुकाम मार्तडीसहित जिल्लाभर चिसाे बढेकाे हाे ।

यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्। चिसाे बढेस‌गै जिल्ला अस्पताल बाजुरामा दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। चिसो मौसमका कारण दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेकाे अस्पतालले जनाएकाे छ ।

जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास गर्ने भोटे समुदायका मानिस भेडाच्याङ्ग्रासहित स–परिवार बेँसीतिर झरेका छन्। उनीहरू चिसो समयमा जिल्लाको ब्रहमतोला, कुल्देवमाडौँ, बाह्रविस, छेडेदह,अछाम, डोटी र सुर्खेतलगायतका जिल्लामा बसाइँ सरेर जाने गरेका छन्।

लगातार दुई दिनसम्म घाम नलागेपछि चिसो ह्वात्तै बढेको हो। जल तथा मौसम विज्ञानका अनुसार अझै केही दिन सुदूरपश्चिम प्रदेशलगायतका ठाउँमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार