बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दार्चुलामा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किए

दार्चुलामा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किए

  • सोमवार, मंसिर ११, २०८०
दार्चुलामा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किए

दार्चुला— दार्चुलामा दुई यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन्। महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ थप्तोलीमा दुई बस आपसमा ठोक्किएका छन्।

दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुदुरपश्चिम प्रदेश ०१००१ ख २३९३ नम्बरको नगर बस आपसमा ठोक्किएका छन्।

नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो। बसहरुमा क्षति भएको तर मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार