• होमपेज
  • समाज
  • गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु

  • सोमवार, मंसिर ११, २०८०
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु

काठमाडौँ — गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यालयबाट घर फर्कंदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ ।

रेसुङ्गा-४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाइकल लु १ ख ९४७५ नम्बरको बससँग ठोक्किएर भएको दुर्घटना भएको हो । दुर्घटनामा रेसुङ्गा-४ सेउघाका विवेक झाँक्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविनकिशोर प्रधानले बताए ।

महेन्द्र नमुना मावि कक्षा १२ मा अध्ययनरत झाँक्री विद्यालयबाट घर फर्कंदै गर्दा सिमलटारीबाट बुटलवतर्फ जाँदै गरेको बसमा ठोक्किएर दुर्घटनामा परेका थिए । गम्भिर घाइते भएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार