काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आजको मूल्य ५०० रुपैयाँले बढी हो ।
त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलाको १४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १५ रुपैयाँले बढेर १५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।