• होमपेज
  • समाचार
  • उच्च पहाडी क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना

उच्च पहाडी क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना

  • सोमवार, मंसिर ११, २०८०
उच्च पहाडी क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

यस्तै, प्रहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशभर तापक्रम क्रमिक रुपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । आज बिहान सूयोदय ६ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार