• होमपेज
  • कला /साहित्य
  • जसले राजनीति लाई सधै व्यापार बनायो

जसले राजनीति लाई सधै व्यापार बनायो

  • आइतवार, मंसिर १०, २०८०
जसले राजनीति लाई सधै व्यापार बनायो

जसले जनता ठग्यो उसैले सरकार बनायो,
राजधानी भित्र उसैले ठुला दरबार बनायो।

तर त्यो अहिलेपनि भोकै नाङ्गै छ संसारमा,
जसले आफ्ना छोराछोरी इमान्दार बनायो।

उत्पादन हुँनै छाड्यो माटोमा बिष नमोल्दा,
उत्पादन गर्ने हैडमा किसान बिमार बनायो।

तिमि मायाँ प्रेमका कुरागर्छौ यो जमानामा,
जहाँ आतङ्क फैलाउँन हथियार बनायो।

कती मुर्ख हामि सधै उसैको बिस्वास गर्छौँ,
जसले राजनीति लाई सधै व्यापार बनायो।

आज बिदेशी धुरिमा हामि जातीकै कुरामा,
नअल्झियौँ जस्ले सन्तान मै दरार बनायो।

चर्चामा

सम्बन्धित समाचार