नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २६ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै दुई/तीन महिनादेखि सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले खोजी गरेको छ ।
लामो समयदेखि सम्पर्कमा नआएपछि २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना जारी गरेको छ । पहिलो पटक सूचना जारी गर्दा समेत हाजिर नभपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन सूचना जारी गरेको छ ।