काठमाडौँ– शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार चाँदी तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।