शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • क्रिकेट
  • केपी ओली कप आजबाट, उद्घाटन गर्न एमाले अध्यक्ष ओली पोखरा प्रस्थान

केपी ओली कप आजबाट, उद्घाटन गर्न एमाले अध्यक्ष ओली पोखरा प्रस्थान

  • बिहिबार, मंसिर ७, २०८०
केपी ओली कप आजबाट, उद्घाटन गर्न एमाले अध्यक्ष ओली पोखरा प्रस्थान

काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पोखरा प्रस्थान गरेका छन् ।

पोखरामा आजबाट सुरु हुन लागेको प्रथम केपी ओली कप टी-२० क्रिकेट प्रतियोगीता उद्घाटन गर्न ओली पोखरा लागेका हुन् । केपी ओली कप आजबाट सुरु हुँदैछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन्

प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन् ।

सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

चर्चामा

सम्बन्धित समाचार