बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • श्रीमानको मृत्युपछि बाजुराको खप्तड छेडेदहकी नराको परिवार बिचल्लीमा

श्रीमानको मृत्युपछि बाजुराको खप्तड छेडेदहकी नराको परिवार बिचल्लीमा

  • मङ्लबार, मंसिर ५, २०८०
श्रीमानको मृत्युपछि बाजुराको खप्तड छेडेदहकी नराको परिवार बिचल्लीमा

टेक बहादुर बुढा, बाजुरा —बाजुराको खप्तड छेडेदह गाउँपालिका ३ ठेगगाँउकी नरा रावतका श्रीमानको मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ । गत भदौ महिनामा नराका श्रीमान उदे रावतको घरको सिडीबाट लडेर घाइते भएपछि उपचार नहुँदा मृत्यु भएपछि नराको परिवार बिचल्लीमा परेको हो ।

नराका श्रीमान केहि बर्षदेखि क्यान्सरबाट समेत ग्रसित रहेका थिए । उनका श्रीमान सिडीबाट लडेर खुट्टा भाचिँएर घाइते भएपछि उपचारको लागि अछामको बयालपाटा अस्पतालमा लिएका थिए । तर त्यँहा उपचार सम्भव नभएपछि अस्पतालले बाहिर रेफर गरेपनि आर्थिक अवस्थाले उपचार गर्ने सक्ने अवस्था नभएपछि उनलाई घर फर्काएको थियो ।

श्रीमानको मृत्युपछि ५ सन्तानकी नरा छोराछोरीको पालन पोषण तथा पढाउका लागि समस्या हुँदा उनकी दुई छोरी बसन्ती र सौराले केहि बर्ष अगाडि सानै उमेरमा बिवाह गरिसकेको उनले बताएकी छन । दुई छारीले बिवाह गरेपछि अहिले आफूसंग दुई ओटा छोरी र एक छोरा रहेका छन ।

सहयोग गर्ने अन्य आफन्तहरु कोहि नहुँदा छोराछोरीको बिचल्ली हुने नराले बताइन् । नराकी १५ बर्षकी साइली छारीे रजना रावत पाचँ कक्षासम्म मात्रै पढेर छाडिसकेकी छन भने १२ बर्षकी छोरी कल्पना तिन कक्षामा पढिरहेकी छन र अर्का १० बर्षका छोरा खेमराज एक कक्षामा पढिरहेको उनले बताएकी छन ।

उनले भनिन् साँझ- बिहान खेतबारीमा काम गरेपनि ६ महिनासम्म पनि खान नपुग्ने तथा छाराछोरीको पढाइ लेखाइ, लत्ता कपडा र अन्य घरखर्च चलाउनको लागि पनि समस्या भएको छ । एकातिर छोरा छोरी पढाउनु अर्कातिर घरखर्च चलाउन घरको काम गरिरहेको भएपनि अहिले घरमा साझ- बिहानको छाक टार्नसमेत धौ धौ भएको उनले दुखेसो गरिन् ।

श्रीमानको हुँदासम्म उनको बृद्ध भत्ताले घरखर्च चलाइ रहेको भएपनि अहिले उनको मृत्युपछि समस्या भएको उनले बताएकी छन । छोराछोरीलाई पढाउन तथा घरखर्च चलाउन निकै समस्या भएकाले सबैलाई सहयोगका लागि अपिल गरेकी छन ।

नराले भनिन् हाम्रो साहारा भनेको सरकार मात्र थियो तर सरकारबाट पनि कुनै सहयोग नपाएपछि सहारा बिहिन भएका छौ, गत असोजमा गएको भुकम्पले घर चिराचिरा पर्‍यो,सबैले राहत पाए तर आफूले भने अहिलेसम्म एक त्रिपाल समेत नपाएको बताइन् । अहिले घरमा अन्नपात सुकाउन पनि अरुको पाल माग्नु परेको भन्दै आफूले चुनावमा भोट हाल्यौ तर अहिलेसम्म सरकार छ भन्ने समेत थाहा नपाएको उनले दुखेसो गरेकी छन ।

छोराछोरीको पालन पोषण, पढाइ लेखाइमा समस्या हुँदा उनिहरुको भविष्य बिर्गिने चिन्ता छ भने अहिले घरमा एकछाक टार्न समेत धौ धौ भएकाले सहयोगका लागि नराले सहयोगका लागि अनुरोध गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार