बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • आईएनएफ नेपाल बाजुराले ७१ औं वार्षिकोत्सव बिबिध कार्यक्रम गरि मनाईयो

आईएनएफ नेपाल बाजुराले ७१ औं वार्षिकोत्सव बिबिध कार्यक्रम गरि मनाईयो

  • शुक्रबार, मंसिर १, २०८०
आईएनएफ नेपाल बाजुराले ७१ औं वार्षिकोत्सव बिबिध कार्यक्रम गरि मनाईयो

बाजुरा– आईएनएफ नेपाल बाजुरा शाखाले आफ्नो संस्थाको ७१ औँ स्थापना दिवस मनाएको छ । सदरमुकाम मार्तडी स्थित आफ्नै कार्यलयमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाएको हो । जिल्लाका ५ ओटा स्थानिय तहमा बिभिन्न कार्यक्रम संचालन गर्दै आएको आईएनएफ नेपालले स्थापना दिवसको अवसरमा अपाङहरुलाइ राहत साम्रगी बितरण लगायतका कार्यक्रमहरु गरेको कार्यक्रम संयोजक खेमराज मिश्रले बताए । स्थापना दिवसको अवसरमा बडिमालिका नगरपालिकालाई बिपदको समाग्री हस्तान्तरण, गौमुल गाउँपालिका ६ निवासी अपाङ्ता भएका ब्यक्ती मनोज थापा लाई ब्यालेन्कट र पि फर्म दिएको छ भने हिमाली ६ की गौरीकला सार्की लाई २५ किलो चामल सहयोग गरेको कार्यक्रम संयोजक मिश्रले बताए । गौरीकला पनि अपाङ्ता भएको ब्यक्ती हुन ।
बि.स. २०६९ साल देखी बाजुरामा काम गर्दै आएको आईएनएफ बाजुराले जिल्लामा जिवकोपार्जन, सरसफाई लागयतका कार्यहरु गर्दै आएको छ । संस्थाले हिमाली गाउँपालिकाबाट सुरु गरेका परियोजनाहरु हाल हिमाली गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका बुढिनन्दा नगरपालिका बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा स्वास्थ्य सरसफाई र जिवीकोपार्जन, जलबायू परिर्वतन लगायतका परियोजना संचालन गर्दै आएको छ ।
त्यसै गरि सदरमुकाम मार्तडी स्थित आइएनएफ नेपाल बाजुरा शाखाको कार्यलयमा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले केक काटेर उद्धघाटन गरेका थिए । सो कार्यक्रममा बडिमालिका नगरपालिका प्रमुख अमर खड्का उप प्रमुख नन्दा थापा, वडा न २ का वडा अध्यक्ष डम्मर महत वडा न ६ का वडा अध्यक्ष कृष्ण खड्का, वडा ८ का वडाअध्यक्ष चन्द थापा र गौमुल गाउँपालिका वडा न ३ का वडाअध्यक्ष गोरख रोकाया लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार