मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • बडीमालिका फाउन्डेसन मार्फत भाइटिकाको दिनमा खाद्यन्न सहयोग

बडीमालिका फाउन्डेसन मार्फत भाइटिकाको दिनमा खाद्यन्न सहयोग

  • बुधबार, कार्तिक २९, २०८०
बडीमालिका फाउन्डेसन मार्फत भाइटिकाको दिनमा खाद्यन्न सहयोग

बाजुरा–अछामकाको चौरपाटि गाउँपालिका २ बस्ने ३२ बर्षिय माखी साउदका ३ नावालक छोराछोरिलाइ भाइटिकाको दिन पारेर खाधान्न सहयोग गरेको छ । माखीलाइ हामिले उपचारका लागि काठमाडौं उद्वार गरेपछि तिन भाईबहिनि बिचल्ली परेपछि सहयोग गरेको फाउन्डेसनले वताएको छ ।

चामल, नुन, तेल, चाउचाउ तत्काल सहयोग गरिएको छ । सहयोग फाउन्डेसन मार्फत फिल्म निर्माता तथा समाजसेवी अमृत ढुङ्गानाको सहयोगमा खाधान्न सहयोग गरिएको थियो । माखि उपचारमा काठमाडौं आएपछि उनका १० बर्षकि छोरि पार्वति, ८ बर्षको छोरा रेबन्द्र र ३ बर्षको छोरा डम्मर साउद अरूको घरमा बस्दै आएका छन् ।

माखिले १० बर्ष देखी रोग पालिरहेकी थिईन्। आर्थिक अभाब र लाज मानेर आफुले १० बर्षदेखी रोग पालिरहेको थिईन् । रोग लुकाएर बसेकी अछामकी माखीको काठमाडौं मोडेल अस्पतालमा चेकजाँच तथा उपचार शुरू भएको छ । उनलाइ उद्वार गरेर उपचारका लागि काठमाडौं बोलाएर उपचार शुरू गरिएको छ । बडीमालिका फाउन्डेसनको समन्वयमा उनको उपचार तथा खान बस्नको नेपला मेडिकल पुर्नस्थापनाले सहयोग गरिरहेको छ ।

तल्लो पेट दुख्ने, पिप बग्ने, पाठेघर खस्ने लगायत समस्याले झेलिरहेकी थिइन्। धेरै समय सम्म रोग लुकाइरहेकि थिए, अहिले साह्रै ग्राहो भएपछि उपचार सहयोगका लागि भौतारिरहेको माखीले वताएकि छन् ।

माखीका दुइ छोरा र एक छोरी गरि तिन सन्तान रहेका छन् । एकातिर यस्तो रोग लागेको भनेर लाज माने अर्कोतिर उपचार गर्ने पैसा नभएर कसैलाइ भन्न नसकेको माखीले वताईन् । अहिले सारै पिडा भएको छ, पिप बग्ने भएकाले शरिर गन्हाइरहने हुन्छ, अरु भएको ठाउँमा नजाने गरेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार