बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • भूकम्पबाट ज्यान गुमाएका परिवारलाई दुई लाख उपलब्ध गराउने कर्णाली सरकारको निर्णय

भूकम्पबाट ज्यान गुमाएका परिवारलाई दुई लाख उपलब्ध गराउने कर्णाली सरकारको निर्णय

  • शनिबार, कार्तिक २५, २०८०
भूकम्पबाट ज्यान गुमाएका परिवारलाई दुई लाख उपलब्ध गराउने कर्णाली सरकारको निर्णय

काठमाडौं— कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको विनासकारी भूकम्पमा परेर ज्यान गुमाएका हरुको परिवारलाई राहतस्वरुप दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

कर्णाली प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । गत शुक्रबार राती जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा शुक्रबारसम्म १५४ जनाको मृत्यु भएको छ। मृतकका परिवारलाई प्रति मृतक २ लाख रुपैयाँ दिने निर्णय प्रदेश सरकारले गरेको हो।

बैठकले घाइतेहरू उपचार खर्च कार्यविधि अनुसार दिने निर्णय पनि गरेको छ। घाइतेको प्रकृति हेरेर खर्च दिने निर्णय भएको बताईएको छ । तिहारपछि घाइतेले उपचार खर्च पाउने छन्। यस्तै मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तत्काल किरिया खर्च पनि उपलब्ध गराउने निर्णय गरेको छ।

आजको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार एक जना मृतक भएको परिवारले २५ हजार रुपैयाँ किरिया खर्च पाउनेछन्, यदि परिवारका सबै जना मृतक भएको खण्डमा त्यस्ता परिवारलाई ५० हजार रुपैयाँ किरिया खर्च वापत दिने निर्णय भएको छ।

चर्चामा

सम्बन्धित समाचार