आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा संचालन भयो ग्लोबल आइएमई बैंकको एटीएम सेवा

बाजुरामा संचालन भयो ग्लोबल आइएमई बैंकको एटीएम सेवा

  • बुधबार, कार्तिक २२, २०८०
बाजुरामा संचालन भयो ग्लोबल आइएमई बैंकको एटीएम सेवा

बाजुरा– ग्लोबल आइएमई बैंकले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा एटीएम सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंकको कार्यालयसंगै जोडेर एटीएम सेवा सुरु गरेको हो ।
बैंकले अत्याधुनिक प्रविधिको विकास एवम् अनुशरण गर्ने क्रममा सबै प्रक्रियामा प्रविधिको एकीकरणलाई प्राथमिकता दिँदै व्यापार सञ्चालन प्रणालीलाई अझै ग्राहकमैत्री बनाउने क्रममा बाजुरा शाखाले पनि एटीएम सेवा संचालन गरेको बाजुरा शाखा प्रमुख भेषराज देवकोटाले बताए । यस नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ३ सय ७५ पुगेको शाखा प्रमुख देवकोटाले जानकारी दिएका छन । उक्त एटीएम सेवाको ग्लोवल आईएमइ बैकंका बाजुरा शाखा प्रमुख भेषराज देवकोटाले रिवन काटेर उद्घाटन गरेका हुन् ।
बैंकले ग्राहकहरुलाई लक्षित गरी उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको शाखा प्रमुख देवकोटाले बताएका छन । करिव २ बर्ष अगाडी शाखा बिस्तार गरेको सो बैकंले अवदेखी एटीएम सेवा समेत दिनसक्ने शाखा प्रमुख देवकोटाले बताए ।

No description available.
बैंकले देशभर ३ सय ५० शाखा, ३ सय ७५एटीएम, २ सय ७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर रहका छन । अस्ट्रलिया, यूके र भारतमा गरि ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत रहेको बैकंले जनाएको छ ग्लोवल आईएमइ बैकले ४० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोवल आईएमइ बैकको ३५ दशमलव ७७ प्रतिशत पुजी रहेको छ ।
त्यसै गरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूणर् योगदान पुर्याउँदै आइरहेको बैकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार