सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • जाजरकोटमा फेरि ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प, बाजुरामा पनि धक्का महशुस

जाजरकोटमा फेरि ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प, बाजुरामा पनि धक्का महशुस

  • सोमवार, कार्तिक २०, २०८०
जाजरकोटमा फेरि ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प, बाजुरामा पनि धक्का महशुस

जाजरकोट—जाजरकोटको रामीडाँडा आसपासलाई केन्द्रविन्दु बनाएर अर्को भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज (सोमबार) अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भुकम्पको धक्का सुदूर पहाडका बाजुरासहितका  जिल्लामा पनि महशुस गरिएको छ ।

भूकम्पपछि मानिसहरूको भागदौड मच्चिएको छ । शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्।

पराकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमसँगै आसपासका जिल्लाका स्थानीयहरू त्रसित भएका छन्।

चर्चामा

सम्बन्धित समाचार