बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • फुटबल
  • पाँचौ छेडेदह कपकाे उपाधी त्रिवेणी फुटबल क्लबलाई

पाँचौ छेडेदह कपकाे उपाधी त्रिवेणी फुटबल क्लबलाई

  • शुक्रबार, कार्तिक १७, २०८०
पाँचौ छेडेदह कपकाे उपाधी त्रिवेणी फुटबल क्लबलाई

बाजुरा— बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा भएकाे पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकाे उपाधि त्रिवेणी फुटबल क्लबले हात पारेकाे छ ।

विहिबार भएकाे सेमिफाईनल खेलमा आयाेजकलाई ७-० ले हराउँदै फाईनलमा प्रवेश गरेकाे त्रिवेणी  पाँचौ छेडेदह कपकाे उपाधि जितेर खेलकाे बिजेताा बनेकाे हाे । त्यस्तै त्रिवेणीले पराजित गरेकाे आयाेजक टिम प्रतियोगिताकाे उपविजेता बनेकाे छ ।

 सेमिफाइनल खेलमा कन्सन बाजुरा र रानिवनविचकाे खेल विवादित बनेपछि आयाेजकलाई हराउँदै फाईनलमा प्रवेश गरेकाे त्रिवेणी एफसिलाई आयाेजकले स्वतः प्रतियोगिताकाे विजेता र आयाेजक उपविजेता घाेषणा गरेकाे आयाेजकले जनाएकाे छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रतियोगिताको विजेता बनेकाे त्रिवेणी एफसिलाई २ लाख ३५ हजार ३ सय ३५ रूपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका छन ।

यस्तै उपविजेता बनेकाे आयाेजक टिमलाई १ लाख २५ हजार २ सय २५ रुपैया प्रदान गरिएको छ ।  द्वितिय पुरस्कार भने राष्ट्रिय युवा स‌ंघ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गरेका छन् । खेलमा उत्कृष्ट गाेल किपर त्रिवेणी एफसिका लाेकेश चाैधरी, सर्वाधिक गाेल कर्ता त्रिवेणीकै गणेश धामी, उदयमान खेलाडीमा टिम बडालेखका गाेल किपर मिनेश नाथलाई ट्रफी मेडल र प्रमाण दिईएकाे आयोजकले बताएको छ ।

विजया दशमी तथा शुभदिपावलीको अवसरमा दशैं र तिहारको विचमा प्रत्येक वर्ष क्षेडेदह स्पोट्र्स क्लवले प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियाेगिता कार्तिक ११ गतेबाट संचालन भएकाे थियाे ।

सुदूरपश्चिम प्रदेशका सांसद जुना दानीले उद्घाटन गरेकाे प्रतियोगिताकाे समापन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गरेका छन् । अर्काे वर्षबाट भने प्रथम खप्तड छेडेदह गाेल्ड कपकाे आयाेजना गर्ने आयाेजकले समापन कार्यक्रममा घाेषणा गरेकाे छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार