शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • क्रिकेट
  • मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

  • मङ्लबार, कार्तिक १४, २०८०
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

काठमाडौं —टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो ।

मलेसियाका लागि सैयद अजिजले ६८, जुबादी जुल्किफ्लेले २४, सर्विन मुनियान्दे र विजय उन्नीले १३ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहराले ४, रोहित पौडेल, सन्दीप लामिछाने र गुल्सन झाले १÷१ विकेट लिए ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो भने मलेसिया ओमानसँग पराजित भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार