आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • खेलकुद
  • टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा

टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा

  • मङ्लबार, कार्तिक १४, २०८०
टी–२० विश्वकप एसिया छनोट : आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा

काठमाडौँ– आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्नेछ । खेल दिउँसो सवा १ बजे काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । नेपालले पहिलो खेलमा हिजो सिंगापुरमाथि आठ विकेटको सहज जित निकालेको थियो । यस्तै, मलेसिया पनि नेपाललाई हराउँदै पहिलो जित निकाल्ने योजनामा छ । हिजो भएको पहिलो खेलमा मलेसिया ओमानसँग ३२ रनले पराजित भएको थियो ।

नेपाल र मलेसियाले अहिलेसम्म ९ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा नेपालले आठ खेल जितेको छ भने मलेसिया एक पटक विजयी भएको छ । कात्तिक १९ गतेसम्म चल्ने प्रतियोगितामा ८ देश सहभागी छन् । जसअन्तर्गत समूह ‘ए’ मा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

यस छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने फाइनल पुग्ने दुई टोली सोझै विश्वकपलाई छानिन्छन् । फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।

यसैबीच, समूह ‘ए’ अन्तर्गत ओमान र सिंगापुरबीचको खेल बिहान ९ बजे टीयू मैदानमा हुँदैछ भने समूह ‘बी’ अन्तर्गत हङकङ र बहराइन तथा संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतबी मूलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार