बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • कालिकोटको पलातामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

कालिकोटको पलातामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

  • सोमवार, कार्तिक १३, २०८०
कालिकोटको पलातामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

कालिकोट — पलाता-२ राडुनेटामा सोमबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

पलाताको राडुनेटाबाट थिर्पूतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ प ०१६५ नम्रबको ट्याक्टर धौलागोह राडुनेटा मोडमा दुर्घटना भएको हो । दुर्घटनामा परी पलाता-१ खाडाका ६५ वर्षीय शिवचन्द्र न्यौपानेको मृत्यु भएको हो ।

खाडा गाउँकै ट्याक्टरका सहचालक ३५ वर्षीय नन्दऋषि न्यौपाने घाइते भएका छन् । उनको पलाता पालिका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख अर्जुन केसीले बताए ।

ट्याक्टर मोडमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक असिम न्यौपाने फरार छन् ।

चर्चामा

सम्बन्धित समाचार