आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका-७ का ४६ विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण

बडीमालिका-७ का ४६ विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण

  • बिहिबार, कार्तिक २, २०८०
बडीमालिका-७ का ४६ विपन्न तथा भुकम्प पिडीतलाई खाद्यान्न सामाग्री वितरण

बाजुरा–  बडीमालिका नगरपालिका ७ का ४६ विपम्न तथा भुकम्प पिडीत परिवारलाई परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । दशै मनाउन सहज होस् भन्ने उदेश्यले उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो ।
बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन Nepal Hilfe Aachen को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । सबै परिवारलाई चामल, तेल, चिनि, नुन, दाल सावन र पाँच सय रुपैँया नगद सहीत वितरण गरिएको वडान ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
विपन्न गरिव परिवारले दशै र तिहारमा खानामा समस्या नहोस भनेर छरछिमेकी सरह दशै राम्रो होस भनेर वडाका विपन्न नागरिकलाई खाद्यान्न, तेल, चिनि दाल कपडा धुने सावन र मासुका लागि नगद पाँच सय रुपैया समेत सहयोग गरिएको बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष पदम सिहंले बताए ।
बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष पदम बहादुर सिहंको अध्यक्षतामा संचालन भएको खाध्यन्न बितरण कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्याय रहेका थिए । कार्यक्रममा वडा सदस्य लोकेन्द्र रोकाय, डवल बिक झिरु विक, वडा सचिव सरिता ठकुल्ला लगायत वडाका कर्मचारीहरु अतिथि रहेका थिए । कार्यक्रमको संचालन बडिमालिका फाउण्डेशनका सचिव लक्ष्मीराज पाध्यायले संचालन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार