आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • त्रिपुरा सुन्दरी आधारभूत विद्यालयमा दिल बहादुर शाह अक्षय कोष स्थापना

त्रिपुरा सुन्दरी आधारभूत विद्यालयमा दिल बहादुर शाह अक्षय कोष स्थापना

  • आइतवार, अशोज २८, २०८०
त्रिपुरा सुन्दरी आधारभूत विद्यालयमा दिल बहादुर शाह अक्षय कोष स्थापना

बाजुरा– बुढिगंगा नगरपालिकाको वडा नम्मर ९ मा रहेकाे त्रिपुरा सुन्दरी आधारभूत विद्यालयमा जेहेन्दार तथा असाय बालबालिकाको पठन पाठनका लागि  १ लाख रुपियाकाे अक्षय कोषको स्थापना गरिएको छ । बुढिग‌गा नगरपालिका ९ निवासी  स्वार्गिय दिल बहादुर शाहको नाममा अक्षय कोषको स्थापना गरिएको हो ।
स्वर्गीय दिल बहादुर शाहका छोर धर्मराज शाहद्वारा सो कोषको स्थापना गरिएको बिध्यालयका शिक्षक अनिल कुमालले जानकारी दिएका छन । कुनै स्वार्थ विना समाज सेवा गर्ने हतुले समाज परिवर्तनका लागि स्वर्गीय दिल बहादुर शाह अक्षय कोष स्थापना गरीएको शिक्षक कुमालले जानकारी दिएका छन ।
जेहेन्दार अशाय विद्यार्थी को पढाईमा सेवा पुग्ने हेतुले त्रिपुरा सुन्दरी आधारभूत विद्यालयमा औपचारिक रुपमा बैंकमा खाता खोलेर रु १ लाख रुपैंया अक्षय कोषमा जम्मा गरिएको जनाएको छ । दिल बहादुर शाह अक्षय कोष स्थापना गरि सहयोग विद्यालय को तर्फवाट धन्यवाद ज्ञापन समेत गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार