आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • एमाले मधेस प्रदेश अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

  • बुधबार, अशोज २४, २०८०
एमाले मधेस प्रदेश अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

जनकपुरधाम– नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले आफ्नो प्रथम मधेस अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नारा तय गरेको छ ।

अधिवेशनमा मधेस प्रदेशका ८ जिल्लाका १ हजार २७ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ ।

नेतृत्वका लागि अहिलेसम्म सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डलले तथा धनुषाका लक्ष्मीनारायण यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार