मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सबै जात जातीको फूलबारी सधै

सबै जात जातीको फूलबारी सधै

  • सोमवार, अशोज १५, २०८०
सबै जात जातीको फूलबारी सधै

सबै जात जातीको फूलबारी सधै,
किन हुन्छ भनौँ यस्तो बिमारी सधै।
जन्मिन्छन् यही देशमा नबन्दै युवा,
मर्छन् अकाल गएर सिमापारी सधै।
न काम मिल्छ जन्मेको ठाउँ भित्र,
गद्धिमा बस्छन् दलाल अनारी सधै।
बिकास छैन नखानु नलगाउनु यहाँ,
बोक्नुपर्छ हामिले रिणको भारी सधै।
कहिले जातको नाम कहिले क्षेत्रको,
दाउँ लगाउँछन् खेल्छन् जुवारी सधै।
अनिकाल हुन्छ देशभित्र जनता लाई,
नेता भ्रष्टाचार गर्दै भर्छन् भकारी सधै।
नारा लगाउँछन् नौलो जनवाद धेरैले,
मौलाउँछ झनै देशमा भ्रष्टाचारी सधै।

चर्चामा

सम्बन्धित समाचार