• होमपेज
  • देश
  • अमेरिका र चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

अमेरिका र चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

  • शनिबार, अशोज १३, २०८०
अमेरिका र चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री दाहाल

काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन गत भदौ ३० गते अमेरिका उडेका प्रधानमन्त्री दाहाल असोज ५ गते उतैबाट चीन भ्रमणमा आएका थिए ।

चीनको एक साता लामो भ्रमण सकाएर प्रधानमन्त्री दाहाल आज (शनिबार) विहान सवा ११ बजे काठमाडौं ओर्लिएका हुन् ।

 सो क्रममा दाहालले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए ।

उनको भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार