बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, पाँच जनाको दाबी

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, पाँच जनाको दाबी

  • शनिबार, अशोज १३, २०८०
एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, पाँच जनाको दाबी

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मध्याह्न १२ बजेबाट मतदान सुरु हुनेछ । कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधि रहेका छन् । आज हुने निर्वाचनले एमाले एमाले कर्णालीमा पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार