शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • टोल सुधार तथा शिक्षामा गुणस्तरीयताका निम्ति सरस्वती आधारभूत विद्यालयमा अतिरिक्त क्रियाकलाप

टोल सुधार तथा शिक्षामा गुणस्तरीयताका निम्ति सरस्वती आधारभूत विद्यालयमा अतिरिक्त क्रियाकलाप

  • शुक्रबार, अशोज १२, २०८०
टोल सुधार तथा शिक्षामा गुणस्तरीयताका निम्ति सरस्वती आधारभूत विद्यालयमा अतिरिक्त क्रियाकलाप

बाजुरा —बडिमालिका नगरपालिका ७ मा टोल विकास सुधार तथा शिक्षामा गुणस्तरीयताका निम्ति विद्यालयमा अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।

सरस्वती टोल विकास समितिको आयोजना र सरस्वती आधारभूत विद्यालयको समन्वयमा सरस्वती आविमा अतिरक्त क्रियाकलाप कार्यक्रम गरिएको हो । टोल विकास सुधार गरि सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा बृद्धि गरि विद्यार्थीहरुलाइ अतिरिक्त क्रियाकलाप सहभागी गराइ उनिहरुकाे सर्वा‌‌गिणा विकासमा सहयाेग पुगाेस् भन्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको टोल विकास समिति संयोजक दिपेश कुमार तिमिल्सिनाले बताएका छन ।

उक्त कार्यक्रमको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबिच हाजिरी जवाफ, हिसाब दौड लगातका कार्यक्रमहरु गरेको प्रधानाध्यापक हस्त बहादुर धामीले बताए । जसअनुसार हाजिरी जवाफ प्रतियोगितामा प्रथम कालाजाग्रा सदन, द्धितिय मालिका सदन र तृतीय नाटेश्वरी सदन भएका प्रधानाध्यापक धामीले बताए ।

त्यस्तै हिसाब दौडमा कक्षा ३ मा ईस्वर तिमिल्सिना, द्धितिय सुक्रराज धामी र तृतिय यसोदा भएका छन । त्यसैगरि कक्षा ४ हिसाब दौडमा प्रथम लक्ष्मि धामी द्धितिय सुनकोषा रोकाया र तृतिय सन्देश धामी भएका छन । त्यस्तै अधिल्लो शैक्षिक सत्रमा विद्यालय प्रथममा नमुना धामी छानिएका छन भने द्धितियमा ईश्वर तिमिल्सिना र तृतिय सुमन धामी भएका छन ।

हिसाब दौड र हाजिरी जवाफ तथा शैक्षिक सत्रमा नमुनामा छनौट भएका बिद्यार्थीहरुलाई पुस्कृत गरि प्रमाणपत्र प्रदान गरेको बिद्यालयले जनाएको छ । टोल विकास समिति संयोजक दिपेस तिमिल्सिनाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति बडिमालिका ७ का वडा सदस्य लोकेन्द्र रोकाया रहेका थिए ।

बिशिष्ट अथिति नेकपा माओवादी केन्द्र नगर कमिटि सचिवालय सदस्य पृथिमल धामी रहेका थिए । त्यस्तै अथिति नेपाली कांग्रेस वडा सभापति गोरख धामी, नेकपा एमाले वडा कमिटि सचिव असोक रोकाया, विव्यस अध्यक्ष डबल रोकाया, प्रधानाध्यापक हस्त धामी, ढम्कने बहुउदेश्यीय सहकारी संस्थाका प्रतिनिधि, शिक्षक, अभिवाभकलागतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने टोल विकास समितिका सचिव प्रेम धामीले गरेका थिए ।

No description available.

चर्चामा

सम्बन्धित समाचार