बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • अनन्ते मेला सभ्य, मर्यादित तथा शान्तिपूर्ण तवरले मनाउन बडिमालिकाको अनुरोध

अनन्ते मेला सभ्य, मर्यादित तथा शान्तिपूर्ण तवरले मनाउन बडिमालिकाको अनुरोध

अटेरि गरे कारवाही गर्ने चेतावनी

  • बिहिबार, अशोज ११, २०८०
अनन्ते मेला सभ्य, मर्यादित तथा शान्तिपूर्ण तवरले मनाउन बडिमालिकाको अनुरोध

बाजुरा—बाजुरा सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा भोलिबाट सुरु हुने अनन्ते मेला सभ्य, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा मनाउन बडिमालिका नगरपालिकाले सम्पूर्ण नगरबासीलाई अनुरोध गरेको छ ।

सो मेला अवधीमा मार्तडी बजार, मालिका मन्दिर तथा बाजुरा क्याम्पस आसपासको क्षेत्रमा मादक पदार्थ विक्री वितरण तथा सेवन नगर्न पनि नगरपालिकाले आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै सो सूचना विपरित कसैले मादक पदार्थ सेवन तथा विक्री वितरण गरेको पाइएमा नियमानुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

बाजुरा जिल्लाको परम्परा र संस्कृति झलल्किने अनन्ते मेलाको अवसरमा सम्पूणर् नगरबासीमा हार्दिक सुभकामना व्यक्त गर्दछौ, प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटाद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ । बाजुरा जिल्लाको परम्परागत संस्कृतिको रुपमा रहेको अनन्ते मेला हरेक बर्षको भाद्र शुक्ल पूर्णिमाका दिन लाग्न गरेकोमा यस बर्षपनि भोलिबाट सुरु हुदैछ ।

चर्चामा

सम्बन्धित समाचार