मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • देश
  • काठमाडौँमा राहत शिक्षकहरूकाे आन्दोलन जारी

काठमाडौँमा राहत शिक्षकहरूकाे आन्दोलन जारी

  • बुधबार, अशोज १०, २०८०
काठमाडौँमा राहत शिक्षकहरूकाे आन्दोलन जारी

काठमाडौँ– सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरूले निरन्तर आन्दोलन गरेका छन् ।

सरकारले शिक्षक महासंघसंग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनवाई नभएको भन्दै राहत शिक्षकहरूले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन् ।

नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी संघ संयुक्त रुपमा आन्दोलन गर्दै आफ्ना मागका बारेमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनवाई नरहेको उनीहरूको भनाइ छ । बुधबार काठमाडौंको बिजुलीबजारको सडकबीच मै धर्नामा बसेका राहत शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा केहीबेर प्रहरीसँग घम्साघम्सी समेत भएको थियो । आफूहरूको माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनीहरूले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार