मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • राष्ट्रियता र गणतन्त्र बाहेक रहर भएन

राष्ट्रियता र गणतन्त्र बाहेक रहर भएन

  • मङ्लबार, अशोज ९, २०८०
राष्ट्रियता र गणतन्त्र बाहेक रहर भएन

राष्ट्रियता र गणतन्त्र बाहेक रहर भएन,
रचनाहरू कसले पढ्यो त्यो खबर भएन।

देश र पर्वाशमा रहंदा सक्यसम्म लेखियो
तर जतिलेखे पनि लेखकको कदर भएन।

लाहुरे बनेर हात र खुट्टा कुहाएकै देखियो,
देशमा बसनलाई उनैको एउटा घर भएन।

क्रान्तिकारी प्रशिक्षण दिन्छन् नेताहरू ले,
भोका र नाङ्गालाई मर्ने कहिल्यै डर भएन।

कुन्दिन बलि चढ्छन् कुन अवसरबादीको,
पापी पेट कुनदिन् लिन्छ परान भर भएन।

गरिबका कथा सुनाएर सिखरमा पुगे नेता,
खोसियो सधै गरिबको धर्ती र सगर भएन।

चर्चामा

सम्बन्धित समाचार