आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

  • शनिबार, अशोज ६, २०८०
नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

काठमाडौँ —नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेकाे थियो । क्यानको अध्यक्षमा चन्द पुनः दोहोरिएका हुन् ।

यसैगरी कोषाध्यक्ष पदमा पदम खड्का निर्विरोध भएका छन् । सो पदमा उनको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै महिला सदस्यमा जयन्ती खड्का निर्विरोध निर्वाचित भएकी छन् ।

नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा सुरु भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । सचिव लगायत अरु पदका लागि निर्वाचन जारी छ ।

चर्चामा

सम्बन्धित समाचार