आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • लैङ्गिक हिंसा निवारण सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा निवारण सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • शुक्रबार, अशोज ५, २०८०
लैङ्गिक हिंसा निवारण सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाजुरा — लैङ्गिक हिंसा निवारण सम्बन्धी सरोकारवालहरु संग अन्तरक्रिया कार्यक्रम बुढिगंगा नगरपालिकामा सम्पन्न भएको छ । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण अन्र्तगत विहिबार बुढिगंगा नगरपालिकामा सरोककारवालासंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको पिसविन बाजुराले जनाएको छ ।

पिसविन, भिएसओ र युएनफपिएको साझेदारीमा संचालित उक्त परियोजनाको दोस्रो चरणमा पिसविनको आयोजना र बुढीगंगा नगरपालिका, सिएमसी नेपालको समन्वय र सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजनाको लक्ष्य, उदेश्य, अवधारणा र परियोजनाबाट २०२३ को जनवरी देखि सेप्टेम्बर महिनासम्म भएका विविध क्रियाकलाप, उपलव्धी, समस्या तथा सिकाईका साथै आगामी दिनमा उक्त परियोजनामार्फत गरिने कार्यक्रम योजनाका बारेमा जानकारी दिने उदेश्यका साथ सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको परियोजना सयोजक त्रिभुवन शाहले बताएका छन ।

समाजमा हुने लैङ्गिक हिंसाका घटनाहरुलाई न्यूनिकरण गर्न तथा उक्त परियोजनामार्फत भईरहको कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा सुझाव माग लगायतका विषयमा छलफल गरिएको पिसविन बाजुरा अध्यक्ष विमला थापाले बताइन ।

उक्त परियोजनामार्फत सञ्चालित कार्यक्रमहरुलाई प्रभावकारी बनाउन तथा लैङ्गिक हिंसाबाट प्रभावितलाई कार्यक्रमको पहुँचमा पुर्‍याउका लागि आर्थिक बर्ष ०८०।८१ को ५० हजारमा थप २ लाख ५० हजार गरि लैङ्गिक हिंसा निवारण कोषमा ३ लाख रुपैयाँ बनाउने भएको छ ।

त्यस्तै ति कार्यक्रमहरुलाई निरन्तरता र प्रभावकारी बनाउने र थप नगरपालिकाबाट ५ वटा कार्यक्रम समेत गर्न नगरप्रमुख राम बहादुर बानिया र उपप्रमुख माया कुवरले प्रतिबद्धता जनाएका छन । नगरपालिकाबाट योजनानुसार गरिने कार्यकम अन्र्तगतमा लैङ्गिक हिंसा निवारण कोषमा आर्थिक बर्ष ०८०।८१ मा विनियोजित ५० हजार रकममा थप २ लाख ५० हजार गरि ३ लाख रुपैया विनियोजन गर्ने भएको छ ।

 सो कोष संकलनका लागि सरोकारवालासंग समन्वय र सहकार्य गर्ने, कोष बृद्धिका लागि संघ र प्रदेश सरकारमा प्रस्तावना पेश गर्ने, विभिन्न जनचेतानमुलक कार्यक्रम सञ्चालन गर्ने र लैङ्गिक हिंसा न्युनिकरणका लागि नगरप्रमुख र उपप्रमुखको फोटोसहित “ मेरो नगर लैङ्गिक हिंसा मुक्त नगर” भन्ने सन्देशमुलक होर्डिग बोर्ड राख्ने जनाएको छ ।

संचालन भइरहेका कार्यक्रमहरुलाइ निरन्तरता र प्रभावकारी बनाई थप नगरपालिकाबाट गरिने कार्यक्रम पनि तत्काल सञ्चालन गर्नुपर्ने सहभागीहरुले बताएका छन । अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख माया कुवरको अध्यक्षता र नगरप्रमुख राम बहादुर बानियाको प्रमुख आथित्यमा सुरु भएको कार्यक्रमको सञ्चालन पिसविन सामाजिक परिचालक खड्गराज जैशीले गरेका थिए ।

 कार्यक्रमको स्वागत मन्तव्य पिसविन जिल्ला अध्यक्ष बिमला थापाले राखेकि थिइन् भने सहजीकरण पालिका अधिकृत विष्णुप्रसाद जैशीले गरेका थिए । कार्यक्रममा दश वटै वडाका वडा अध्यक्ष, प्रमुख प्रसाशकिय अधिकृत नरेन्द्र नाथ, शाखाका कर्मचारी, जोडि संवाद, पारिवारिक संवादमा सहभागी, रुपान्तरण कक्षामा सहभागी, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार