बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • श्रमजिवीलाई दया होइन अधिकार चाहिन्छ

श्रमजिवीलाई दया होइन अधिकार चाहिन्छ

  • शनिबार, भदौ ३०, २०८०
श्रमजिवीलाई दया होइन अधिकार चाहिन्छ

श्रमजिवीलाई दया होइन अधिकार चाहिन्छ,
काम गरेर खाने ठाउँ पनि लगातार चाहिन्छ।

देश जोगाउँन नागिरको कर्तव्य नै हुन्छ बुजौँ,
जस्तै सधै ढुङ्गालाई माटोकै आधार चाहिन्छ।

सत्ता र भत्तामा धेरै अभिमान नगरेहुन्छ नेता,
देश र जनताको हितमा नै कार्यभार चाहिन्छ।

युवाशक्ती देशकै रिढहो तर देश बिहिन भयो,
देश जोगाउँन शक्तिशाली हतियार चाहिन्छ।

काम छैन यहाँ बिगबजार होइन् सनो सहरमा,
गुजारा लायक स-साना दोकानदार चाहिन्छ।

सरकार असमान सन्धि सम्झौतालाई रद्धगरौँ,
देशको रक्षा गर्न पञ्चसिलको करार चाहिन्छ।

चर्चामा

सम्बन्धित समाचार