मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • शनिबार, भदौ ३०, २०८०
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोलमा लिटरको रु एक रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य वृद्धि भएको छ । मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल/मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार