सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • बुढीगंगा नगरपालिकाले खुला मेयरकप भलिबल प्रतियोगिताको आयोजना गर्ने

बुढीगंगा नगरपालिकाले खुला मेयरकप भलिबल प्रतियोगिताको आयोजना गर्ने

नगरपालिकामा पहिलाे पटक ठूलाे धनराशीकाे खेल हुदै

  • बिहिबार, भदौ २८, २०८०
बुढीगंगा नगरपालिकाले खुला मेयरकप भलिबल प्रतियोगिताको आयोजना गर्ने

बाजुरा — बुढीगंगा नगरपालिकाले खुला मेयर कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त आयाेजना यहि कार्तिक १९ गतेदेखि सञ्चालन हुने नगरपालिकाले जनाएकाे छ । सम्रगमा नगरपालिकामा  खेल क्षेत्रको विकासमा टेवा मिलाेस् भन्ने उदेश्यकासाथ अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना लागेको हो ।

सर्वाधिक धनराशी पुरस्कारसहित नगरपालिकाले मेयर कप आयोजना गर्न लागेको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । पालिका बाहिरका टिम पनि भाग लिन पाउने गरि मेयर कप आयोजना गर्न लागिएको नगरप्रमुख बानियाँले बताए  । दशै तिहारको बीचमा घर फर्किएका युवाहरु बीचको आपसी भेटघाट र खेलाडीबीचको सहकार्यका लागि मेयर आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

उक्त मेयरकपमा पहिलाे हुने टिमका लागि  प्रथम पुरस्कार रु १,५१,१११ घोषणा गरेको छ । त्यस्तै द्धितीय हुनेलाई रु १,०१,१११ र तृतीय पुरस्कार रु ५१,१११। घोषणा गरिएको  छ।  नगरपालिकाले भलिबल खेलमा यतिठूलो धनराशीको खेल पहिलो पटक आयोजना गर्न लागेको हो ।

 

चर्चामा

सम्बन्धित समाचार