
स्वागत गर्छौ जनतालाई तिजको भाकामा
२०८० को शुभकामना l (३)
कसरी सुनाउ साथी देश बेदना झनै अझै कसियो अन्याय जन्जाल l (३)
जनतालाई पिरालो दिनदिनै बढदै छ महंगी चुलिएर आकाश छुदै छ l (३)
अत्याचारले गरिबका झुप्राहरु तडपिए सहरभरी नेताका महल टल्किए l (३)
फेरि पनी हुकुमी शाषन चल्दैछ जनताका अधिकार कुल्ची हिड्दैछ l (३)
जनतालाई भरेंग बनाइ सरकार बनाए हक माग्दा जनतालाई गोली बर्साए l (३)
देशको तस्बिर कस्तोहोला संबिधानमा बनेन अन्याय र भष्टाचारको शाषन हटेन l (३)
उठ्नु पर्यो किसान ज्यामी मूल प्रबाहमा जुटेर मास्नु पर्छ देशका बैरी जनता मिलेर l (३)
देशको माटो जोगाउन सयौ फुल फूलाउन नयाँ नेपाल निर्माण गरी संसार चिनाउन l (३)
स्वागत गर्छौ जनतालाई तिजको भाकामा २०८० को शुभकामना l (३)


