बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गाैमुल गाउँपालिकाको दडीपाटा गाउँमा खानेपानीको अभाव

गाैमुल गाउँपालिकाको दडीपाटा गाउँमा खानेपानीको अभाव

  • शनिबार, भदौ २३, २०८०
गाैमुल गाउँपालिकाको दडीपाटा गाउँमा खानेपानीको अभाव

प्रमित विक– बाजुराको गौुमल गाउँपालिकामा रहेको दडीपाट गाउँमा खानेपानीको चरम अभाव भएको छ । हिउँदे मौसम सुरु हुनै लाग्दा गाउँमा खानेपानीको चरम अभाव सुरु भएको हो । बर्खे सिजनमा समेत खानेपानीको अभाव हुने गरको स्थानीय विष्णु रोकायाले बताएका छन् ।
दडीपाटा गाउँ गौमुल गाउँपालिकाको केन्द्र घट्मना नजिकको बस्ती हो । प्रायःजसो बार्है महिना गाउँमा खानेपानीको अभाव हुने गरेको भएपनि अहिले सम्म कसैले चासो नदिँदा समस्या समाधान नभएको स्थानीय औला रोकायाले बताइन् । गाउँपालिका नजिककै गाउँमा लामो समयदेखि त्यहाँका स्थानीय खानेपानीको समस्या झेल्दै आएका छन् ।
दडीपाट गाउँलाई तरकारीको पकेट क्षेत्रका रुपमापनि मानिन्छ । तरकारी उत्पादन गर्न प्रशस्त मात्रामा पानीको आवश्यकता हुन्छ । तर तरकारी फलाउनलाई त परै जावस खानलाई पनि पानी नपुग्ने गरेको औलाले बताएकी छन् । १८ घरपरिवार रहेको उक्त गाउँमा धेरै वर्ष अगाडी केयर नेपाल नामक संस्थाले बनाईदिएका २ वटा धारा छन् ।
उक्त संस्थाले मुहानमा ट्याङकी सहीत धारा निर्माण गरी खानेपानीको समस्या समाधान गरिदिएपछि केही मात्रामा सहज त भयो पुरै गाउँको समस्या हल भने हुन सकेन् । ती धारामा समेत पनि पानी नआउँदा खानेपानीको चरम अभाव हुने गरेको स्थानीय विष्णु रोकायाले बताए ।
विस्तारै गाउँमा मानिसहरुको जनसंख्या बृद्धिसंगै घरपरिवारको संख्या बढ्न थालेपछि आजभोली खानेपानीको झन अभाव हुने गरेको अर्का स्थानीय धौली रोकायाले बताइन् । उनले भनिन् अरानीबाट ल्याएको पानी पनि धेरै वर्षदेखि आउँदैन्, खानेपानीको मुहानको ट्ङ्की सहीत बिचमा पाइप लाइन विग्रिएका कारण अवरुद्ध भएको छ । गाउँ नजिकै रहेको मुहानमा सानो पानी आउँन्छ, हिउँदयाममा त झन मुहान सुक्ने गर्छ । जसका कारण गाउँमा खानेपानीको चरम अभाव हुने गरेको रोकायाले बताएकी छन् ।
लामो समयदेखि हाम्रो गाउँमा खानेपानीको अभाव हुदै आएको छ, वर्षातको बेलामा खानेपानीको समस्या हुन्छ । भने फागुन, चैत, बैशाख र जेठको महिना त झनै खानेपानीको ठुलो दुःख पाउन्छौ, औला रोकाया भनिन् । हिउँदमा घर नजिकै रहेको मुहानलाई बेलुका खानका लागि दिनभरी बन्द गर्ने र विहानका लागि प्रत्येक घरमा खान पुग्ने गरी पानी भरेर बेलुकादेखि रातभरी बन्द गर्ने गर्छौ । त्यही थोपा–थोपा जम्मा भएको पानी यति ठुलो गाउँमा जनतेन खानलाई पुगाउने गर्छौ, उनले बताइन् ।
गाउँका सबैका लागि खानेपानीका दुई वटा धारा मात्र त्यसैमा पनि पानी धेरै सानो आउने भएकाले पानी भर्नका लागि विहान, बेलुका लाइनमा लागेर पालो कुर्नुपर्ने बाध्यता रहेको स्थानीय औला रोकायाले बताइन् । पालो मिचिएपछि झगडा सहीत छिमेकीसंग तिक्तता हुने गरेको छ । उनले भनिन्, टाडाको मुहानबाट पानी ल्याउन आफूहरुको आर्थिक अवस्था छैन् ।

विहान बेलुका गाउँ नजिककै ट्याङकीमा खानेपानी जम्मा गरेर भर्ने गर्छौ । लुगा कपडा धुन, नुहाउन सहीत सरसफाई गर्न एक घण्टा हिडेर बुढीगंगा नदीमा जानुपर्ने बाध्यता छ । भने तरकारी धेरै फलाएर अमनग्य आम्दानी गर्ने इच्छा थियो । तर पानी नहुँदा तरकारी उत्पादन पनि वर्षेनी घट्दै गएको रोकायाले दुखेको गरेकी छन् ।
गाउँमा खानेपानीको समस्या समाधान गर्न ठुलो योजनाको आवश्यक छ । गौमुल गाउँपालिकाको केन्द्र घट्मुना बजारमा दडीपाटाकै तरकारी जाने गर्दछ । पछिल्लो केही वर्ष यता भने पानी अभावका कारण तरकारी कम लगाउने र उत्पादनमा गिरावट हुन थालेपछि तरकारी बजारमा आउने क्रम घट्दै गएको छ । उक्त गाउँमा खानेपानी प्रशस्त मात्रामा भईदिएपछि त्यहाँका स्थानीयलाई दुई फाईदा हुने देखिन्छ ।
स्थानीय एकातिर तरकारी उत्पादन गरी विक्रि गरेपछि आर्थिक संकटबाट मुक्त हुन्थ्ये  अर्को खानेपानीको समस्या झेल्नु पर्ने बाध्यता हट्ने थियो । तर गाउँमा खानेपानीको संकट भएपछि दुबै फाईदाबाट बञ्चित हुनुपर्ने बाध्यता छ । त्यहाँका स्थानीय भने तरकारी उत्पादन भन्दा पनि आफूहरुलाई उपयोग हुने गरी प्रशस्त मात्रामा खानेपानी समस्याको समाधानको अपेक्षामा गरिरहेका छन् ।
यता गौमुल गाउँपालिकाले भने खानेपानीको समस्याको समाधानका लागि पहल भईरहेको बताएको छ । दडीपाटा गाउँमा सानो रकमले व्यवस्थापन गर्न नसकिने र ठुलो बजेट सहीतको योजनाले मात्र खानेपानी बनाउन सम्भव रहेकाले गैरसरकारी संस्था तथा सम्बन्धित निकायहरुसंग समन्वय गरी सहकार्य र सहजकीरणको पहल भईरहेको गाउँपालिकाले जनाएको छ ।
वडा नं.६ का वडाध्यक्ष प्रकाशबहादुर रोकायाले भने खानेपानी निर्माण गर्नका लागि वडाबाट पहल कदमी भईरहेको बताएका छन् । आफ्नो वडाका नागरिकका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको बताउँदै खानेपानीको समस्या हटाउन सम्बन्धित निकाय र सहयोगी संस्थाहरुसंग समन्वय भईरहको वडाध्यक्ष रोकायाले बताए ।
वडाका धेरै गाउँमा एक घर एक खानेपानीको धारा निर्माण भईसकेका भएपनि लोमो समयदेखि खानेपानीको समस्या झेल्दै आएका दडीपाटा गाउँवासीको समस्या समाधान हुने वडाध्यक्ष रोकायले बताएका छन् । उनले भने, त्यो गाउँमा केही समयअघि खानेपानीको अभाव हुने गरेकोले त्या समस्या समाधान गर्नका लागि स्थानीय सरकारले काम गरेको छ, चाडैं त्यहाँका नागरिकको समस्या हट्ने छ ।

पानी अभावले तरकारी उत्पादन घट्यो
दडीपाटा गाउँ तरकारी र फलफूलको पकेट क्षेत्रका रुपमा मानिन्छ । त्यहाँका नागरिकले फलाएको तरकारी जिल्ला सदरमुकाम मार्तडीदेखि गौमुल गाउँपालिकाको केन्द्र घट्मुना लगायतका बजार सम्म पुग्ने गर्दछ ।
दडीपाटा गाउँमा प्रत्येक व्यक्तिले एक घर एक केरेशाबारी बनाएका छन् । त्यहाँका कृषकले तरकारी खेती अगाल्न थालेदेखि घट्मुना बजारमा तरकारीको अभाव हुने गरेको छैन् । वर्षातको बेला तरकारी फलाउन सहजता भएपनि हिउँदयाममा भने पानी अभावले समस्या हुुने गरेको कृषक विष्णु रोकायाले बताएका छन् ।
गौमुल गाउँपालिकामा लागु भएका विभिन्न संस्थाहरुले वीउ, पुजी सहीत बेमौसमी तरकारी फलाउन टनेल सहयोग गरेपछि पछिल्लो समय कृषकहरु थप तरकारी खेतीतर्फ आर्कषित बनेका छन् । तरकारी खेतीतिर आर्कषित यहाँका कृषकहरु पछिल्लो समयमा तरकारी खेती घटाउँ

चर्चामा

सम्बन्धित समाचार