सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु

एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु

  • मङ्लबार, भदौ १९, २०८०
एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतगणना सुरु

बुटवल — नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मतगणना सुरु भएको छ । प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचन अन्तर्गत मतगणना सुरु भएको हो ।

प्रदेश कमिटीको अध्यक्षका लागि वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल प्रतिस्पर्धामा छन् । पदाधिकारी र सदस्य गरी २०५ जनाको प्रदेश कमिटीका लागि ३६४ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मंगलबार बिहान पौने ९ देखी सुरु भएको मतदान दिउसो ३ बजे सकिएको थियो । कुल एक हजार चार मतदाता मध्ये ९६५ जनाको मत खसेको थियो ।

उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माले उम्मेदवारी दिएका छन् । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी परेको छ । सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार