सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • तिर्थमेला सम्पन्नपछि नेपाली सेनाद्धारा बडिमालिका र त्रिबेणी पाटन क्षेत्रकाे सरसफाई

तिर्थमेला सम्पन्नपछि नेपाली सेनाद्धारा बडिमालिका र त्रिबेणी पाटन क्षेत्रकाे सरसफाई

  • शनिबार, भदौ १६, २०८०
तिर्थमेला सम्पन्नपछि नेपाली सेनाद्धारा बडिमालिका र त्रिबेणी पाटन क्षेत्रकाे सरसफाई

बाजुरा– नेपाली सेनाको बाजुरा स्थित दुर्गाभन्जन गुल्मले जिल्लाको सबै भन्दा उचाईमा रहेको धार्मिकस्थल बडिमालिका मन्दिर परिसरमा सरसफाइ गरेको छ । बडिमालिकामा जनैपूर्णिमाकाे अवसरमा लाग्ने मेला दर्शन गर्न आउने तिर्थयात्रीहरुद्धारा गरिएको फोहोर ब्यबस्थापन गर्न नेपाली सेनाले सरसफाई गरिएको हो । ४ हजार २ सय १२ मिटरको उचाईमा रहेको बडिमालिका मन्दिरमा तिर्थयात्रिको चाप बढे सँगै फोहोर पनि बढ्ने भएकाले नेपाली सेनाले यो समयमा सरसफाई गर्दै आएको छ ।
दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकबाट गएको टोलीले बडिमालिका मन्दिर परिसर त्रिबेणी पाटन क्षेत्रको सरसफाई गरी २२ बोरा फोहर संकलन गरी ब्यबस्थापन गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती धमेन्द्र बहादुर सिहंले बताए ।
जनैपूर्णिमाकाे अवसर पारेर बडिमालिका तिर्थयात्रा गर्न एक हप्ता अगाडी देखी प्रस्थान गरि भक्तजन तथा दर्शनार्थीको भीडलाग्ने गर्दछन । मेला समाप्त पश्चात् श्रदालु भक्तजनहरु तथा उक्त ईलाकामा अस्थायीरुपमा संचालन गरेका स-साना खाजा/नास्ता पसलहरुबाट मन्दिर तथा त्रिवेणी पाटन लगायत आसपासको ईलाकामा भएको फोहोरलाई ब्बस्थापन गरिएको गुल्मपती सिंहले बताए ।
मन्दिरको सौन्दर्य तथा प्राकृतिक सौन्दर्यलाई मध्यनजर राखी दुर्गाभन्जन गुल्मबाट खट्टीईएको एलआरपी टोलीले बृहत सरसफाई कार्यक्रममा संचालन गरि २२ बोरा फोहोर संकलन गरेको र उक्त फोहोरलाई उचित स्थानमा डिस्पोजल गरेको गुल्मपती सिंहले बताए । सेनाको टोलीले मन्दिर आसपासबाट २२ बोरा फोहर सङ्कलन गरेर खाल्डोमा गाडेको गुल्मपती सिंहले बताए ।
नेपाली सेनाले बडिमालिका मन्दिरमा लाग्ने मेलामा मेला ब्यबस्थापन फोहर ब्यबस्थापन स्वास्थ्य शिबिर लगायतका कार्यहरु गर्दै आएको र यस बर्ष पनि नेपाली सेनाले आफ्नो जिम्मेवारी पुरा गरेको बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले बताए ।
सेनाले आयोजना गरेको बडिमालिका सरसफाइ कार्यक्रम स्वास्थ्य शिबिर लगायतका महत्वपुणर् कार्य गरेको भन्दै नगर प्रमुख खड्काले धन्यबाद समेत ब्यक्त गरेका छन । मेला भर्न नेपालका धेरी जिल्लाका साथै भारत लगायतबाट भक्तजन आउने गरेका छन् । नेपाली सेनाको टोलिले बडिमालिका र त्रिबेणी पाटन क्षेत्रमा भेटिएको जलाउन मिल्ने फोहोर जलाउनुको साथै अन्य फोहोर खाल्डो खनि पुरेको गुल्मपति सिंहको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार