बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • कला /साहित्य
  • इनै गलत सम्झौता सिक्किम पुग्ने आधार हुन्छ

इनै गलत सम्झौता सिक्किम पुग्ने आधार हुन्छ

  • शुक्रबार, भदौ १५, २०८०
इनै गलत सम्झौता सिक्किम पुग्ने आधार हुन्छ

एम सी सीको बिरोध नगर्ने देशको गद्धार हुन्छ,
असमान सध्धी सम्झौताका दोशी सरकार हुन्छ।

नागरिकता बिधेयक पनि पारित गर्यो सरकारले,
इनै गलत सम्झौता सिक्किम पुग्ने आधार हुन्छ।

अखण्ड देशलाई टुक्क्रा / टुक्क्रा पार्यो स्वार्थमा,
भन्थ्यो देश सङ्गियतामा गएपछि नै निखार हुन्छ।

हिंजो गरू नखाने कम्युनिष्ट हुँन नै सक्दैन भन्थे,
आज अपराध भयो त्यसको पनि चिरफार हुन्छ।

एकातिर भ्रष्टाचारकै फाइल खोलेर डरायो आफै,
आर्कोतर्फ सुन मानव तस्कर सँगै भ्रष्टाचार हुन्छ।

बनायौ खुब यो देशका जनतालाई मुर्ख नेता जी,
तिम्रो अफ्सान गर्नेपनि यही देशका औतार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार