आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • फलामलाई जति कुट्यो उती धार बन्छ

फलामलाई जति कुट्यो उती धार बन्छ

  • मङ्लबार, भदौ १२, २०८०
फलामलाई जति कुट्यो उती धार बन्छ

सुरेशकुमार पाण्डे —गजल!

फलामलाई जति कुट्यो उती धार बन्छ,
त्यही कुट्ने को घांटी शेर्ने औजार बन्छ।

नेता लोभमा तिम्रो दलाली गर्छन् होला,
नसोंच सबै लेण्डुव जस्तै बफादार बन्छ।

भर छैन छनलाई कत्ती यी गद्धारहरू को,
देशभक्त इनैका जरा काट्ने औतार बन्छ।

छन नौजवान अहिले खाडीमै खारिएका,
स्वदेश फर्काउँने एकदिन समाचार बन्छ।

जहाँ गएपनि गोर्खाली बाघ त बाघ नै हो,
आफ्नो देश जोगाउँने सधै हथियार बन्छ।

साम्राज्यवादले जति दमन गरेपनि साँच्चै,
एकदिन अबस्य श्रम जिविकै सरकार बन्छ।

चर्चामा

सम्बन्धित समाचार