• होमपेज
  • देश
  • भीमदत्त राजमार्गमा सवारी आवागमन बन्द, ४ बजेपछि मात्र सुचारु हुने

भीमदत्त राजमार्गमा सवारी आवागमन बन्द, ४ बजेपछि मात्र सुचारु हुने

  • मङ्लबार, भदौ १२, २०८०
भीमदत्त राजमार्गमा सवारी आवागमन बन्द, ४ बजेपछि मात्र सुचारु हुने

धनगढी — कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा पहिरोले भासिएको सडक मर्मतका लागि आज ४ बजेसम्मका लागि राजमार्ग बन्द गरिएको छ।

सडक डिभिजन कार्यालयले बिहान १० बजेदेखि राजमार्गको सो खण्ड बन्द गरेको हो। साउन २२ गते रातिको वर्षाका कारण बुढीतोलामा पहिरो गएको थियो।

मासिएको सडक मर्मतका लागि राजमार्गमा सवारी आवागमन बन्द गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कैलालीको गोदावरी र बुढीतोलामा पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध बन्न पुगेको थियो। पहिरोले करिब चार सय मिटर सडकमा क्षति पुगाएको थियो।

त्यसमध्ये करिब सय मिटर सडक पूरै क्षतिग्रस्त बनेको थियो। सडक पूरै बगेको ठाउँमा ट्रयाक खोलिएपछि राजमार्ग आंशिक रूपमा सञ्चालन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार