शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • मोबाइल क्लिनिक सञ्चालनका लागि रवि लामिछानेले पाएनन् अनुमति

मोबाइल क्लिनिक सञ्चालनका लागि रवि लामिछानेले पाएनन् अनुमति

  • शनिबार, भदौ ९, २०८०
मोबाइल क्लिनिक सञ्चालनका लागि रवि लामिछानेले पाएनन् अनुमति

चितवन —चितवनको कालिका नगरपालिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनको अनुमति दिन अस्वीकार गरेको छ ।

मोवाइल स्वास्थ्य क्लिनिक सञ्चालनका लागि कानुन नभएको भन्दै नगरले अनुमति दिन अस्विकार गरेको बताइएको छ । लामिछानेले यसअघि मोबाइल स्वास्थ्य क्लिनिक र महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरेका थिए ।

उनको उक्त कार्यमा चौतर्फी आलोचना भएको थियो । स्थानीय निकायसँग समन्वय नै नगरी मोबाइल क्लिनिक र बस सेवा सञ्चालन गरेको भनेर लामिछानेको आलोचना भएपछि उनले प्रक्रिया थालेका थिए ।

चितवन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछानेले मोवाइल क्लिनिक सञ्चालनका लागि नगरपालिका र नगर स्वास्थ्य शाखालाई पत्र लेखेका थिए । नगरपालिकाले मोवाइल क्लिनिक सञ्चालनका लागि प्रदेशसँग अनुमति लिन लामिछानेलाई आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार