शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • देश
  • राष्ट्रिय फुटबल टिमको म्यानेजर नियुक्ति अवैधानिक भएको एन्फा उपाध्यक्ष लामाको दाबी

राष्ट्रिय फुटबल टिमको म्यानेजर नियुक्ति अवैधानिक भएको एन्फा उपाध्यक्ष लामाको दाबी

  • मङ्लबार, भदौ ५, २०८०
राष्ट्रिय फुटबल टिमको म्यानेजर नियुक्ति अवैधानिक भएको एन्फा उपाध्यक्ष लामाको दाबी

नेपाली राष्ट्रिय फुटबल टिमको म्यानेजर नियुक्ति प्रक्रिया अवैधानिक भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामाले दाबी गरेका छन्।

उनले विधानविरित उत्तम भण्डारीलाई फुटबल टिमको म्यानेजर नियुक्त गरेको दाबी गरेका हुन्।

यसअघि एन्फाको सामाजिक सञ्जालमार्फत् सोमबार भण्डारीलाई फुटबल टिमको म्यानेजर नियुक्त गरेको सार्वजनिक भएको थियो।

यसअघि राष्ट्रिय टिमको म्यानेजर अनिल श्रेष्ठ थिए। श्रेष्ठको नियुक्ति अझै नसकिएको र कार्यवाहक अध्यक्षले कुनै नियुक्त गर्न नसक्ने उपाध्यक्ष लामाको भनाइ छ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई फिफा महिला विश्वकपका लागि विदेश गएको बेला कार्यवाहकको जिम्मा पाएका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले राष्ट्रिय टिमको म्यानेजर नियुक्त गरेका हुन्।

उपाध्यक्ष लामाले सामाजिक सञ्जालमार्फत् पनि नियुक्तिको विरोध गरेका छन्।

‘श्रीमान् कार्यवाहक अध्यक्षज्यू तथा कार्यवाहक महासचिवज्यू के तपाईहरूले गर्नु भएको नियुक्ति विधानसम्मत छ त? यदि छ भने मेरो भन्नु केही छैन, होइन भने यो नियुक्तिको जिम्मेवारी कसले लिने? अध्यक्षज्यू र महासचिवज्यू नभएको बेला जे मन लाग्यो त्यहि गर्ने? के यस्तै नियुक्ति गर्नका निम्ति कार्यवाहकको जिम्मेवारी दिएको हो?,’ लामाले सामाजिक सञ्जालमा लेखेका छन्।

चर्चामा

सम्बन्धित समाचार