बिहिबार, अशोज २४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानमा यात्रुवाहक बसमा आगो लाग्दा २० जनाको मृत्यु

पाकिस्तानमा यात्रुवाहक बसमा आगो लाग्दा २० जनाको मृत्यु

  • आइतवार, भदौ ३, २०८०
पाकिस्तानमा यात्रुवाहक बसमा आगो लाग्दा २० जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको पञ्जाबमा यात्रुवाहक बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पाकिस्तानको पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्रीबासमा आगो सल्केको थियो ।

फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको उक्त दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट सङ्घीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् ।

अघिल्लो साता पञ्जाब प्रान्तमा भएका दुई हजार आठ सय ९३ वटा शृङ्खलाबद्ध सडक दुर्घटनामा २६ जनाले ज्यान गुमाएका थिएभने तीन हजार एक सय ११ जना घाइते भएका थिए ।

आपतकालीन सेवा विभागका अनुसार ९९ जनाको टाउको गम्भीर चोट लागेको, एक एसय ८७ जनाका शरीरका विभिन्न भाग भाँच्चिएका, आठ सय ५० जना घाइते अस्पताल भर्ना भएका थिए । आठ सघ ९१ जना घाइते भने सामान्य उपचारपछि घर फर्केका छन् ।

चर्चामा

सम्बन्धित समाचार